काठमाण्डु – विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनले बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्दैछन् । प्रतिगमनकारी संसद बिघटन बिरुद्ध आन्दोलनरत बिपक्षी बिध्यार्थी संगठनले आइतबार काठमाण्डुको प्रदर्शननीमार्ग स्थित रत्न राज्य क्याम्पसमा बृहद अन्तरकृया कार्यक्रम आयोजना गर्न लागेका हुन् ।
कार्यक्रम मध्यान्न १२ बजे शुरु हुने अखिल (क्रान्तिकरी)प्रवक्ता जीपी मैनालीले जानकारी दिए । गत असार १४ गते नेबिसंघ अध्यक्ष राजीब ढुंगाना अखिल (क्रान्तिकारी)का अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी बिध्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष बिमल पोखरेल सहितको बैठकले संयुक्त बिज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको बिरोधका कार्यक्रमको निरन्तरताको रुपमा बिध्यार्थी संगठनका पुर्व अध्यक्षहरु सहीतको अन्तर्कृया कार्यक्रम हुन लागेक हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक र प्रतिगामी संसद बिघटनको थप शसक्त प्रतिरोधको तयारी गर्न तथा संसद बिघटनको मुद्धामा जनपक्षीय निर्णय आउन नदिन सरकार पक्षबाट हुनसक्ने संभावित चलखेल र सेटिङ बिरुद्ध खबरदारी गर्न र नयाँ ढंगको प्रतिरोधको तयारीका निम्ति उक्त छलफलको आयोजना गरिएको मैनालीले बताए ।
अन्तरकृयामा पुर्व विध्यार्थी नेताहरु विश्वप्रकास शर्मा , गुरुराज घिमिरे, प्रदिप पौडेल, देवेन्द्र पराजुली,हिमाल शर्मा, रमेश मल्ला, जगन्नथ ढकाल,रामकुमारी झाँक्री, यज्ञराज सुनुवार,गंगा नारायण श्रेष्ठ, भिम राई , मानुषी यमी भट्टराई कृष्ण अधिकारी, घनश्याम न्यौपाने लगायत वक्ताका रुपमा सहभागी रहनेछन् ।




प्रतिक्रिया