गृहमन्त्रीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने

गृहमन्त्रीले राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सभा बैठकमा गृहमन्त्री विष्णु पौडेलले सम्वोधन गर्ने भएका छन् । आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा गृहमन्त्री पौडेलले सम्वोधन गर्ने भएका हुन् ।

उनले राष्ट्रिय सभाबाट बाढी पीडितका लागि सरकारले गरेको तयारीबारे जानकारी गराउनेछन् । यस्तै आजको बैठकमा २ वटा कार्यसूची तोकिएको छ । प्रधानमन्त्रीले राष्ट्रिय समावेशी आयोगको दोश्रो वार्षिक प्रतिवेदन र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका तर्फबाट दोश्रो वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा सांसदहरुलाई बोल्नका लागि विशेष समय नराखिएको राष्ट्रिय सभामा कांग्रेस संसदीय दलकी प्रमुख सचेतक अनिता देवकोटाले जानकारी दिइन् ।