राजदूत आचार्यको प्रश्न : उपधारा (२) बमोजिमको सदस्य भनेको के हो ?

राजदूत आचार्यको प्रश्न : उपधारा (२) बमोजिमको सदस्य भनेको के हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले संविधानको धारा ७६ को उपधारा (२) को व्याख्या हुनुपर्ने माग गरेका छन् ।

सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी जारी मुद्दामा बहस भइरहेको बेला अधिवक्ता समेत रहेका राजदूत आचार्यले सामाजिक सञ्जाल ट्वीटरमार्फत उपधारा (२) बमोजिमको सदस्य भनेको कस्तो हो ? भनेर प्रश्न गर्दै त्यसको व्याख्या हुनुपर्ने माग गरेका हुन् ।

उनले भनेका छन्, ‘संविधानको धारा ७६ उपधारा (५)मा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नेछ । उपधारा (२) बमोजिमको कुनै सदस्य भनेको कस्तो सदस्य हो, व्याख्या हुनु आवश्यक छ ।’

उनको ट्वीटमा प्रतिक्रिया जनाउँदै धेरैले आचार्यलाई संविधानको व्याख्या गर्न सर्वोच्च अदालत रहेकाले खोप ल्याउनेतर्फ ध्यान केन्द्रित गर्न सुझाव दिएका छन् ।