काठमाण्डु – गृहमन्त्री तथा उपप्रधानमन्त्री विष्णु पौडेलले सरकारले मानवीय प्रश्नमा राजनीति नगर्ने बताएका छन् ।
आजको राष्ट्रियसभामा बोल्दै सांसदहरुले राहत तथा पुनस्थानामा राजनीति भयो कि भन्ने सम्बन्धमा गरेको प्रश्नमा उनले राजनीति गर्नका लागि अन्य धेरै विषय भएको बताए । उनले भने, ‘विपत्तको समयमा राहत, उद्दार र पुनस्र्थापना तथा विपत न्यूनीकरणको प्रश्नमा सरकार राजनीति गर्दैन ।’
साथै उनले बाढी प्रभावितहरुका लागि सरकारले काम गरेको बताए । डुबानको समस्या समाधान गर्नका लागि भारत सरकारसँग दुई पक्षीय सम्वाद गरेको पनि उनले जानकारी दिए । ‘कुनैपनि भौतिक संरचनाका कारणले डुबानमा नपरोस् भन्नका लागि र नदी थुनिएर बस्ती डुबानमा नहोस् भन्नका लागि सरकारले हरसम्भव प्रयास गरेको छ,’ उनले भने ।




प्रतिक्रिया