प्रधानमन्त्री ओली र प्रकाण्डबीच भेटवार्ता

प्रधानमन्त्री ओली र प्रकाण्डबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु — प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच आज भेटवार्ता भएको छ ।

आज बालुवाटारमा भएको भेटवार्तामा उनले ३ बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा गम्भीर बन्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएका छन् ।

उनले १० दिनभित्र आफूहरुको माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको र त्यसमा प्रधानमन्त्री सकारात्मक भएको जानकारी दिए ।

राजनीतिमा इमानदारिता सबैभन्दा ठुलो कुरा भएको भन्दै सहमति कार्यान्वयन गर्ने सन्दर्भमा समस्या देखिएको पनि उनले बताए ।

आफूहरुले शान्ति प्रक्रियालाई अघि बढाउने भनेर नै गत फागुनमा सरकारसँग ३ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएको भन्दै उनले आफूहरुको प्रश्न बन्दी रहेका नेता कार्यकर्ताको रिहाइ भएको जानकारी दिए ।