विराटनगर – प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १६ औँ बैठक आज पनि स्थगित भएको छ ।
निर्धारित समयभन्दा एक घण्टा ढिलो शुरु भएको बैठकमा प्रतिपक्षी नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरुले उभिएर विरोध जनाएपछि उपसभामुख सरस्वती पोखरेलले बैठक स्थगित गरेकी हुन् । प्रदेशसभाको अर्को बैठक सोमबार दिउँसो २ बजे बस्ने छ ।
आजको बैठकमा प्रदेशसभा नियावली, २०७४ को नियम ११८(७) बमोजिम आर्थिक वर्ष २०७८÷७९ को विनियोजन विधेयक, २०७८ मा निर्दिष्ट गरी राखिएको सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको थियो ।




प्रतिक्रिया