प्रधानमन्त्रीसंग छलफल गर्न भिम रावल बालुवाटारमा

प्रधानमन्त्रीसंग छलफल गर्न भिम रावल बालुवाटारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीले रावललाई छलफलका लागी आइतवार सांझ बालुवाटार बोलाएका हुन ।

एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री ओलीलाई भेट्न अस्विकार गरेका बेला उनिसंग निकट सम्बन्ध भएका नेता रावललाई बालुवाटार बोलाइएको हो ।

नेता नेपालले आफु निकट नेताहरुलाई समेत समय दिएका थिएनन । नेपाल निकट नेताहरु सुरेन्द्र पाण्डे,धनश्याम भुषाल र भिम आचार्यलगायत एमालेभित्रको विवाद मिलाउन सक्रिय छन् । उनिहरुले पार्टी एकतामा जोड दिइरहेका छन् । तर, नेता नेपालले भने सर्वोच्चको विषय र पार्टीको विवाद अलग अलग विषय भएको बताउंदै आएका छन् । उनि पार्टीको विवाद कार्यदल बनाएर हल गर्न सहमत भएपनि हस्ताक्षर फिर्ता लिनेमा भने सहमत छैनन ।

प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन नेपाल निकट नेताहरु गत हप्ता उनको निवास कोटेश्वर पुगेका थिए । त्यो भन्दा अघि नै नेपाल सभामुख अग्निप्रसाद सापकोटको निवास लैनचौर पुगेका थिए । उनले त्यहां माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग भेटवार्ता गरेको स्रोतले बतायो ।

एमाले केन्द्रीय समिति बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन माधव पक्षका सांसदलाई दुई दिनको अल्टिमेटम दिएको थियो । मााधव पक्षका सांसदलाई दिएको अल्टिेमेटम सोमबार सकिंदैछ ।

रावललाई प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएर छलफल गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । उपाध्यक्ष रावल नेपाललाई सबैभन्दा बढी प्रभाव पार्न सक्ने नेता हुन । नेपाल निकट अरु नेताहरुले रावलसंग छलफल गर्न सुझाव दिएपछि प्रधानमन्त्री ओलीले उनलाई छलफलका लागी बालुवाटार बोलाएका हुन ।