उडान सङ्ख्या थप्न सरकारसंग माग

उडान सङ्ख्या थप्न सरकारसंग माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गरेको छ। हाल तोकिएको ५० प्रतिशत उडान सङ्ख्याले यात्रु उद्धार गर्न कठिनाइ भएको तथा उडान सङ्ख्या घट्नेबित्तिकै निषेधाज्ञा अगाडिको सस्तो हवाई भाडा वायुसेवा कम्पनीले धान्नै नसकिने भएकाले सङ्घले विज्ञप्तिमार्फत उडान सङ्ख्या थप्न माग गरेको छ।

‘हामी यसका लागि सस्तो भाडादर तथा सहज र सङ्क्रमण नफैलिने तरिकारले उडान गर्न प्रतिबद्धता व्यक्त गर्दछौँ । सहज र सस्तो उडानका लागि निषधाज्ञा अगाडिकै उडान सङ्ख्या बढाइदिन हार्दिक अनुरोध गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ। अहिलेको अविरल वर्षाले विभिन्न क्षेत्रमा बाटोघाटो, सडक र पुलपुलेसामा क्षति पुर्‍याउँदा सर्वसाधारण यात्रु विभिन्न ठाउँमा रोकिएका भन्दै सङ्घले असहज परिस्थितिमा सरकारसँग हातेमालो गर्न तयार रहेको पनि स्पष्ट पारेको छ।

हवाई उडानबाट सङ्क्रमण नफैलिने अन्तर्राष्ट्रिय अध्ययनले पनि पुष्टि गरेको हुँदा नेपाली एयरलाइन्सले सङ्क्रमणरहित हवाई यात्राका लागि अन्तर्राष्ट्रिय मापदण्ड तथा सरकारद्वारा जारी निर्देशिकाको कडाइका साथ पालना गरिएको छ। स्यानिटाइजर, मास्क र फेशशिल्डको अनिवार्य प्रयोग तथा उडानपिच्छै जहाजको सङ्क्रमणरहित सरसफाइमा विशेष ध्यान दिएको सङ्घले जनाएको छ।-यो समाचार आजको नागरिक दैनिकमा छ ।