काठमाण्डु– चीनले विश्वका राजनीतिक दलका नेताहरुको सम्मेलन आयोजना गर्ने भएको छ । चिनियां कम्युनिष्ट पार्टी (सीपीसी) को स्थापना भएको एक सयौं वर्षको अवसरमा चीनले नेपालसहित विश्वका विभिन्न देशका नेताहरुलाई राखेर ‘वर्ल्ड पोलिटिकल पार्टी समिट’ को आयोजना गर्न लागेको हो ।
उक्त सम्मेलनमा नेपालबाट मंगलवार सांझ एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सहभागी हुने कार्यक्रम छ ।
कार्यक्रममा नेपालसहित विश्वका नेताहरुले पठाएको भिडियो सन्देश प्रशारण गरिनुका साथै चिनियां कम्युनिष्ट पार्टीका महासचिव एवम् चीनका राष्ट्रपति सि जिनपिङले ‘कि नोट स्पीच’ दिनेछन् ।




प्रतिक्रिया