संसद विघटन मुद्धा : जारी बहस आज सकिँदै, कहिले आउला फैसला ?

संसद विघटन मुद्धा : जारी बहस आज सकिँदै, कहिले आउला फैसला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसद विघटनविरुद्ध संवैधानिक इजलासमा जारी बहस आज सकिँदै छ । रिट निवेदक पक्षका वकिलहरुले आइतबार सुरु गरेको जवाफी बहस आज सकिने भएको हो ।

उनीहरूका लागि तोकिएको ३ घण्टामध्ये अब २ घण्टा समय बाँकी छ । आइतबार रमन श्रेष्ठले एक घण्टा बहस गरेका थिए भने आज बाँकी समयमा वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले बहस गर्नेछन्।

जवाफी बहस सकिएपछि अदालतको सहयोगी एमिकस क्युरीले आजै राय दिनेछ । त्यसका लागि २ घण्टा समय तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई (माथि तस्बिर) रहेको संवैधानिक इजलासमा मुद्दा सुनुवाइ भइरहेको हो ।

इजलासले चाहे आजै (सोमबार) बहस सकिने सम्भावना छ । यसपछि फैसलाको प्रक्रिया अघि बढ्नेछ । प्रतिनिधि सभा पुनःस्थापना गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै १४६ सांसदले हालेको मुद्दाको फैसला कस्को पक्षमा आउला भन्ने व्यापक चासो छ ।