फिलिपिन्सको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो

फिलिपिन्सको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५० पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दक्षिण फिलिपिन्समा आइतबार भएको सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । उक्त दुर्घटनामा ४९ सैन्य अधिकारीहरु घाइते भएको जनाइएको छ ।

लकहिड सी–१३० विमानले ९६ जना यात्रु बोकेको थियो । जसमध्ये अधिधकांश सेनाहरु थिए । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा पनि अधिकांश सेना नै रहेका छन् तर यात्रु बाहेक दुर्घटनास्थलमा रहेका अन्य तीन स्थानीय सर्वसाधारणको पनि मृत्यु भएको छ । यसअघि पाँच जनाको अवस्था थाहा नहुँदा खोजी भइरहेको थियो तर अहिले भने सबैको पत्ता लागिसकेको जनाइएको छ ।

मेजर जेनेरल एड्गार्ड एरेभालोका अनुसार विमानमा बाहिरी आक्रमणको कुनै संकेत देखिएको छैन । यसमा बाँचेकाहरु विमान भुईमा ठोक्किनु अगाडि नै विमानबाट हाम फालेर आफूलाई बचाएको क्षेत्रीय सैन्य बलको बयानमा उल्लेख गरिएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।