कोकाकोलाको भारत र दक्षिण—पश्चिम एसियाको उपाध्यक्षमा देवयानी राणा नियुक्त

कोकाकोलाको भारत र दक्षिण—पश्चिम एसियाको उपाध्यक्षमा देवयानी राणा नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोकाकोला भारतले आफ्नो नयाँ उपाध्यक्षमा नेपालकी देवयानी राज्यलक्ष्मी राणालाई नियुक्त गरेको छ ।

कोकाकोलाले राणालाई भारत र दक्षिण—पश्चिम एसियामा कम्पनीको सार्वजनिक मामिला, सञ्चार र दीगोपना हेर्ने उपाध्यक्षको रुपमा नियुक्त गरेको हो ।

राणा राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराकी छोरी हुन् । उनी कोकाकोला कम्पनीको उद्देश्यहरु प्राप्त गर्नका लागि यस क्षेत्रमा यसको नेतृत्व समूहसँग आवद्ध भएकी छिन् ।

यसअघि भने राणाले काटरपिलर इन्डियाको निर्देशकको रुपमा रहेर भारत, नेपाल र भुटानको सार्वजनिक मामिला हेरेकी थिइन् ।

कोकाकोलाको भारत र दक्षिण—पश्चिम एसिया हेर्ने अध्यक्ष संकेत रेले देवयानीको आगमनले कोकाकोला यो क्षेत्रमा थप विस्तार हुने जानकारी दिएका छन् ।

देवयानीले कोकाकोला कम्पनीको उद्देश्यमा आफ्नो योगदानले अझै सुद्दढ बनाउने र पहिलेदेखि नै गति लिइरहेको कामलाई अझै अघि बढाउने मद्दत पुग्ने अपेक्षा पनि रेले व्यक्त गरेका छन् ।