काठमाण्डु— राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशी हस्तक्षेपले आमन्त्रण गरेको आरोप लगाए ।
आज राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका नेता श्रेष्ठले प्रधानमन्त्रीकै कारण अन्तरिक मामिलामा विदेशी हस्तक्षेप बढेको जानकारी दिएका हुन् ।
विदेशीको योजना र मिलिभगतमा प्रधानमन्त्रीले संविधान र लोकतन्त्रमाथि आक्रमण गरिरहेको भन्दै उनले राष्ट्रिय स्वाधीनतामा गम्भीर धोकाधडी भइरहेको बताए ।
अतिक्रमित भूभाग, ईपीजीको प्रतिवेदन वार्ताको विषय नबनेको तथा एकपछि अर्को गरेर आन्तरिक मामिलामा भएको हस्तक्षेपको प्रतिवाद नगरेको भन्दै उजले विदेशी हस्ताक्षेप स्वीकार गर्ने मात्र नभइ आमन्त्रण गरेर राष्ट्रिय स्वाधीनतालाई गम्भीर संकटमा पुर्याइएको बताए ।
साथै उनले राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाको भुमिका माथि पनि प्रश्न उठाएका छन् । उनले राष्ट्रिय सभामा निरंकुशताको छिटा देखिएको आरोप लगाएका छन् ।
असार १७ गतदेखि सुरु भएको आठौँ अधिवेशनको बैठक हिजो पनि बसेको थियो । प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रिय सभाको अधिवेशन भने सुरु भएको छ ।




प्रतिक्रिया