नेपालमा थप २६२२ काेराेना संक्रमित थपिए, २३ जनाको मृत्यु

नेपालमा थप २६२२ काेराेना संक्रमित थपिए, २३ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ४९९ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षण गर्दा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी आज देशभर २ हजार २११ जना कोरोना संक्रमित निको भएका छन् ।