काठमाण्डु – नेकपा एमालेको एकताका लागि गठन गरिएको कार्यदल पुनः ब्युँतिएको छ । २०७८ जेठ २ गते एमालेमा सहमति जुटाउनका लागि भन्दै कार्यदल गठन गरिएको थियो । आइतबार राति प्रधानमन्त्री ओली र एमाले उपाध्यक्ष भीम रावलबीच भएको भेटवार्तामा रावलले कार्यदल ब्युँत्याउनुपर्ने बताएका थिए।
कार्यदलमा ओली पक्षबाट नेम्वाङसहित विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट संयोजक भीम रावलसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट, र रघुजी पन्त छन् ।
सहमतिको मस्यौदाका लागि यसअघि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमति अनुसार गठित कार्यदलको औपचारिक बैठक सिंहदरबारमा जारी छ ।
सर्वोच्च अदालतमा बहस सकिएकाले त्यसबारे अदालतको फैसला बमोजिम पार्टीले संस्थागत निर्णय गरेर अघि बढ्ने सहमति दुवै पक्षबीच भएको छ ।
त्यसबाहेक अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएमा माधव नेपाललाई सम्मानजनक स्थान दिएर केपी ओलीको सरकारलाई निरन्तरता दिने विषयमा छलफल भएको छ ।




प्रतिक्रिया