काठमाण्डु— निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का नेताहरुसँग छलफल गर्दैछ । आयोगले जसपाको महन्थ ठाक’र र उपेन्द्र यादव पक्षका नेताहरुसँग छलफल गर्न लागेको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बिहान ११ बजे जसपाका नेताहरुलाई सहमतिका लागि बोलाइएको जानकारी दिए ।
अन्तिम सहमतिका लागि बोलाएको छलफलमा दुवै पक्ष सहभागी भए आयोगले सहमतिका लागि पहल गर्ने र सहमति नभए जुन पक्षको दाबी पुग्छ त्यसैअनुसार निर्णय गर्ने प्रक्रिया सुरु हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
दुवै पक्षका नेताहरु आ–आफ्नो अडानमा कायमै रहेकाले सहमतिको सम्भावना भने कमै देखिएको छ । जसपाको उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच पार्टीको अधिकारिकता सम्बन्धी विवाद छ ।
जसपाको उपेन्द्र यादव पक्ष विपक्षी गठबन्धनमा सामेल भएको तथा महन्थ ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भएपछि दुवै पक्षको विवाद चर्किएको थियो । दुवै पक्षले पार्टीको आधिकारिकताको दावी गर्दै आयोगमा निवेदन दिएका छन् ।




प्रतिक्रिया