काठमाण्डु – प्रहरीले ठमेलबाट चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । कस्तुरीको विना तस्करी गरेको आरोपमा उनीहरुलाई प्रहरीले ठमेलबाट पक्राउ गरेको हो ।
यसबाहेक उनीहरु जुवा खेल्ने/खेलाउने कार्यमा समेत संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डुले उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।




प्रतिक्रिया