मन्त्रिमण्डल विस्तार गर्दै प्रधानमन्त्री मोदी, चर्चामा यी नाम

मन्त्रिमण्डल विस्तार गर्दै प्रधानमन्त्री मोदी, चर्चामा यी नाम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले क्याविनेटमा २० जना नयाँ अनुहारलाई स्थान दिने तयारी गरेका हुन् ।

मन्त्री फेरबदल गर्ने विषयमा प्रधानमन्त्री मोदीले गृहमन्त्री अमित शाह, भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, रक्षामन्त्री राजनाथ सिंह, वित्तमन्त्री निर्मला सीतारमणलगायतका शीर्ष मन्त्री र पार्टीका नेताहरूसँग छलफल गर्दैछन् ।

यो मन्त्रिमण्डल निर्वाचन केन्द्रित राज्यहरूबाट मन्त्रीलाई प्राथमिकता दिने र सन् २०२४ मा हुने आम निर्वाचनलाई ध्यानमा राखिने स्रोतले जानकारी दियो । स्रोतकाअनुसार केही मन्त्रीलाई बिदा गराएर थप नयाँ अनुहारलाई मोदीले आफ्नो मन्त्रिमण्डलमा सहभागी गराउनेछन् ।

 नयाँ मन्त्रिपरिषद् विस्तारमा ज्योतिरादित्य सिन्धियालाई सहभागी गराउने तयारी छ । उनी मध्य प्रदेशमा सत्ता परिवर्तन हुनु अघि गत वर्ष कांग्रेस छोडेका थिए । बिहारका पूर्व उपमुख्यमन्त्री सुशील मोदी, महाराष्ट्रका नेता नारायण राणे, भूपेन्द्र यादव र लोजपा प्रमुख पशुपति कुमार पारस मन्त्री पदका लागि दाबेदार रहेका छन् ।

मोदी नेतृत्वको मन्त्रिमण्डलमा उत्तर प्रदेशबाट ठूलो संख्यामा प्रतिनिधित्व गर्ने बताइएको छ । उत्तर प्रदेशमा आगामी वर्ष विधानसभाको चुनाव हुँदैछ ।

नयाँ मन्त्रिमण्डलमा अनुप्रिया पटेल बाहेक वरुण गान्धी, रामशंकर कठेरिया, अनिल जैन, रीता बहुगुणा जोशी र जफर इस्लामको नाम पनि चर्चामा छ ।