गृहमन्त्रीले गरे अर्को लोकप्रिय निर्णय : प्रहरी र सशस्त्रमा एआईजीको दरबन्दी कटौती


काठमाडौं– गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा एआईजीको संख्या घटाउने भएको छ । गृहमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार मन्त्रालयले एआईजीको संख्या घटाउने प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्लाई सिफारिश गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बस्ने वैठकले एआईजी संख्या घटाउने निर्णय गर्ने गृहमन्त्रालयका एक उच्च अधिकारीले काठमाडौंपाटीलाई जानकारी दिए ।

गृहले नेपाल प्रहरीमा प्रशासनतर्फ ४ र प्राविधिकतर्फ १ गरी ५ जना एआईजी संख्या सिफारिश गरिएको छ भने सशस्त्र प्रहरीमा भने २ जना एआईजी राख्ने प्रस्ताव गरिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एआईजीको संख्या आवश्यकता भन्दा बढी भएको भन्दै आलोचना भइरहेको बेला गृहले दुबै सुरक्षा निकायमा उच्च अधिकारीको दरबन्दी कटौती गरेको हो ।

यसअघी कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल प्रहरीमा एआईजीको संख्या १६ पु¥याएको थियो भने सशस्त्रमा एआईजी संख्या ९ पु¥याएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement