एमाले कार्यदलको बैठक सकियो, छलफल सकारात्मक

एमाले कार्यदलको बैठक सकियो, छलफल सकारात्मक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ । मंगलबार सिंहदरबारमा बसेको केपी ओली र माधव नेपाल पक्षबीचको बैठक सकिएको हो ।

बैठक सकारात्मक रहेको नेताहरुले बताएका छन् । नेपाल पक्षका नेता रघुजी पन्तले भोली पुनः छलफल गर्ने गरी बैठक सकिएको जानकारी दिए ।

अर्का नेता गोकर्ण विष्टले पार्टीको विवाद समाधानका विषयमा छलफल भएको जानकारी दिए । ‘हामीले आज कहाँ–कहाँ हाम्रा असहमतिहरू छन् भन्ने सबै राख्यौं । छलफल सकारात्मक छ, भोलि फेरि बस्छौं,’ नेता विष्टले भने ।

नेता भीम रावलले संगठनात्मक प्रणाली र पार्टीको विवादका विषयमा छलफल भएको जानकारी दिए ।

कार्यदलमा केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल समूहबाट भीम रावल संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेका छन् ।

पार्टी अध्यक्ष ओलीले शुक्रवार र शनिवार बसेको एमालेको केन्द्रीय कमिटी बैठकमार्फत तीन दिन भित्र हस्ताक्षर फिर्ता लिन सोमबारसम्मको अल्टिमेट दिएका थिए । तर, नेपाल समूहले हस्ताक्षर फिर्ता लिन अस्वीकार गरेको छ ।