काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम विघटन गरी व्यापारीलाई दिन लागिएको विषयमा आपत्ती जनाएका छन् ।
डा. भट्टराईले आज ट्वीट मार्फत एउटा निजी हवाई कम्पनीको स्वार्थमा देशको ध्वजावाहक नेपाल वायुसेवा निगमलाई गुपचुप ढंगले विघटन गर्न लागिएको कुरा आपत्तिजनक भएको बताएका हुन्।
उनले ट्वीटरमा लेखेका छन् , ‘एउटा निजी हवाइ कम्पनीको स्वार्थमा देशको ध्वजावाहक नेपाल वायुसेवा निगमलाई गुपचुप ढंगले विघटन गर्न लागिएको कुरा अत्यन्त गम्भीर र आपत्तिजनक छ । संसद र संसदीय समिति क्रियाशील नरहेको मौका छोपेर ओली र उनका आसेपासेहरूले यो दुष्कर्म गर्नु झन् अपराधिक र राष्ट्रघाती छ । सबैतिरबाट प्रतिवाद गरौं । ’’
एउटा निजी हवाइ कम्पनीको स्वार्थमा देशको ध्वजावाहक नेपाल वायुसेवा निगमलाई गुपचुप ढंगले विघटन गर्नलागिएको कुरा अत्यन्त गम्भीर र आपत्तिजनक छ।संसद र संसदीय समिति क्रियाशील नरहेको मौका छोपेर ओली र उनका आसेपासेहरूले यो दुष्कर्म गर्नु झन् अपराधिक र राष्ट्रघाती छ!सबैतिरबाट प्रतिवाद गरौं! https://t.co/6YwEYuYnEB
— Baburam Bhattarai (@brb1954) July 6, 2021




प्रतिक्रिया