काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप २६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८ र ५,०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १,६६५ छ । त्यस्तै कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया