आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने सरकारको निर्णय

आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सबै खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री लिलानाथ श्रेष्ठले जानकारी दिए ।

सरकारको निर्णयसंगै दोस्रोपटक लगाइएको निषेधाज्ञा अघिकै अवस्थामा सबै उडान सुचारु हुनेछन् । यसबारेमा सरकारका प्रवक्ताले बुधवार थप जानकारी दिने मन्त्री श्रेष्ठले बताए ।

यसअघि सरकारले गत वैशाख २३ गते भारत–नेपालबाहेक सबै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो । गत बिहिवार आधा संख्यामा उडान संचालनमा ल्याउने निर्णय गरेको सरकारले नेपाललाई रोक नलगाइएका मुलुकमा नियमित उडान सुचारु गर्ने तयारी गरेको हो ।

मन्त्रिपरिषद वैठकको पत्र प्राप्त हुनेवित्तिकै नागरिक उड्डयन प्राधिकरणले उडानलाई नियमित गर्न थप कदम चाल्नेछ ।