काठमाण्डु – कर्णाली प्रदेशसभाका चार जना एमाले सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यन्वयन नगर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै अध्यक्ष केपी शर्मा ओली र प्रदेशसभा सचिवालयले दिएको भ्याकेटको निवेदनमाथि आज सार्वोच्च अदालतमा सुनुवाई हुने भएको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको इजलासमा पेशी चढेको छ ।
एमालेका चार सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरवहादुर थापा र कुर्मराज शाहीले पार्टीको ह्वीप उल्लंघन गरेर माओवादी सरकारलाई जोगाएपछि एमालेले उनीहरुमाथि कारवाही गरेको थियो । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको उक्त कारवाहीका आधारमा प्रदेशसभाले उनीहरुलाई पदमुक्त गरेको थियो ।
पदमुक्त भएका नेताहरुलाई न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले पुनर्वहालीको आदेश दिएको थियो । केन्द्रीय कमिटीले नगरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले कारवाही गरेको भन्दै अदालतले दिएको अन्तरिम आदेशविरुद्ध एमाले अध्यक्ष ओली भ्याकेटमा गएका थिए ।




प्रतिक्रिया