नेपाल प्रहरीका १० हजार बढीमा कोरोना संक्रमण पुष्टि, मृत्यु कति ?

नेपाल प्रहरीका १० हजार बढीमा कोरोना संक्रमण पुष्टि, मृत्यु कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका १० हजार बढी प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोरोना भाइरस संक्रमण सुरु भएदेखि हालसम्म १० हजार २८० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये १० हजार १०२ जना कोरोनामुक्त भएका छन् भने हाल १६१ जना उपचाररत छन् । हालसम्म ५८ हजार ९५० पहिलो चरण र ४३ हजार ६१६ जना प्रहरीले कोरोनाको दोस्रो चरणको खोप लगाएका छन् ।

कोरोना संक्रमणका कारण हालसम्म १७ जना प्रहरीको मृत्यु भएको छ । त्यस्तै ५४ जना भूतपूर्व प्रहरी कर्मचारीले ज्यान गुमाएका छन् ।