दक्षिण कोरियामा कोभिडका सङ्क्रमित बढ्न थाले

दक्षिण कोरियामा कोभिडका सङ्क्रमित बढ्न थाले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण कोरियामा कोभिड १९ का संक्रमितहरु फेरि बढ्न थालेका छन् । प्राप्त समाचारअनुसार गएको २४ घन्टा यता मात्र कोभिडका संक्रमितहरु बढेका बुधबार स्वास्थ्य अधिकारी जानकारी दिएका छन् ।

केही दिनयता कोभिडका संक्रमितहरु बढ्न थालेपछि कोरियामा कोभिडको चौथो वेभ आउन सक्ने अनुमान गरिएको छ । अबका केही दिनमा गर्मी मौसमको विदा शुरु हुँदैछ । यही विदाको पूर्व सन्ध्यामा कोभिडका सङ्क्रमितहरु बढ्न थालेपछि यो चौथो वेभ आउन सक्ने त्रास बढेको बताइएको छ ।

दक्षिण कोरियाका अधिकारीहरुले दिएको जानकारी अनुसार गएको २४ घन्टामा १ हजार २१२ जना सङ्क्रमित भेटिएका छन् । योसँगै दक्षिण कोरियामा कोभिडका संक्रमितको संख्या १ लाख ६२ हजार ७५३ पुगेकोे छ ।

पछिल्ला केही हप्ता यतादेखि कोभिडका सङ्क्रमितहरुको संख्या बढ्दो देखिएको छ । अघिल्ला दिनहरुमा ७०० भन्दा केही धेरै मात्र संख्याका सङ्क्रमित भेटिएका थिए । स्वास्थ्य अधिकारीहरुले गएको छ महिनापछि यति धेरै संख्यामा सङ्क्रमित भेटिएको बताएका छन् । कोरियामा मृत्यु हुनेको संख्या भने कम रहेको छ । बुधबार देखिएका सङ्क्रमितहरुमा करिब ६०० जति राजधानी सोलकै रहेका छन् ।