एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको क्याविनेटका १ १ जना मन्त्रीले राजीनामा दिएका छन् ।
स्वास्थ्यमन्त्री डा. हर्षवर्धनसहित ११ जना मन्त्रीले बुधबार सामूहिक राजीनामा दिएका हुन् । २०१९ मा दोस्रो पटक सत्तामा आएका मोदीले आफ्नो क्याबिनेटको दुई बर्ष पुगेपछि मन्त्रीहरुको प्रदर्शनको मुल्यांकन गर्दै पुनर्गठन गर्न थालेको बताइएको छ ।
मोदी सरकारमा रहेका स्वास्थ्यमन्त्री डा. हर्षवर्धन , शिक्षामन्त्री रमेश पोखरियाल, रसायनमन्त्री सदानन्द गौडा, सामाजिक न्यायमन्त्री थावरचन्द गहलोत, श्रम राज्यमन्त्री सन्तोष गंगवार, केन्द्रीय मन्त्री तथा गायक बाबुल सुप्रियोसहित ११ मन्त्रीले राजीनामा दिएका हुन् ।
मोदीले आफ्नो सरकारमा आगामी दिनमा चुनाव हुने राज्यलाई केन्द्रित गरेर मन्त्री बनाउन लागेको मिडिया रिपोर्टमा उल्लेख छ ।
नयाँ मन्त्रीहरुले आजै साँझ ६ बजे शपथ लिने तयारी गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।




प्रतिक्रिया