ससुराली हिँडेका प्रहरी हवल्दार मृत फेला

ससुराली हिँडेका प्रहरी हवल्दार मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ–  सल्यानस्थित शारदा नगरपालिका वडा नम्बर–५ श्रीचौर मा ससुराली पुगेका एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्।

प्रहरी हवल्दार रमेश थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी निरीक्षक प्रेमशंकर चौधरीले जानकारी दिए ।

दैलेखको नारायण नगरपालिका वडा – १० का थापा हाल ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत थिए। मृतक हवल्दार थापाकी पत्नी पनि प्रहरी जवान हुन्।

उनीहरु विदामा सल्यान स्थित सुसुरालीमा आएको भए पनि थापा मंगलबार साँझपख ससुरालीबाट निस्किएको र बुधवार दिउँसो दुई बजे मृत अवस्थामा फेला परेको सल्यान प्रहरीले जानकारी दिएको छ ।