काठमाण्डु — हाइटीका राष्ट्रपति जोभिनल मोइसको हत्यामा संलग्न भएको आशंका गरिएका ४ जना मारिएका छन् ।प्रहरीको गोली लागेर उनीहरुको मृत्यु भएको हो भने २ जना पक्राउ परेका छन् ।
बुधबार राष्ट्रपति मोइसको घरमै भएको हत्यापछि भएको खोजी अभियानको क्रममा घटनामा संलग्न भएको आशंकामा रहेका चारजनाको गोली लागेर मृत्यु भएको अन्तराष्ट्रि समाचार माध्यमले जानकारी दिएका छन् ।
प्रहरीले केही सम्भावित अपराधीको खोजी जारी राखेको छ । ५३ वर्षका राष्ट्रपति मोइसको घरैमा गोली हानी हत्या भएको थियो ।
स्थानीय समय अनुसार बुधबार बिहान १ बजे आक्रमण भएको थियो । स्पेनी भाषा बोल्ने केही बन्दुकधारीको जत्थाले उक्त आक्रमण गरेको जनाइएको छ ।
आफूलाई डीइए एजेन्ट बताउने समूहका लडाकुले उक्त आक्रमण गरेको अधिकारीले बताएका छन् । घटनामा उनकी श्रीमती समेत घाइते भएकी छिन् ।




प्रतिक्रिया