जसपा एकता कायम राख्न बाबुरामको आह्वान

जसपा एकता कायम राख्न बाबुरामको आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान र लोकतन्त्रको रक्षाका लागि पार्टी एक हुन आह्वान गरेका छन् । जसपामा औपचारिक फुटको घोषणा मात्र हुन बाँकी रहेका बेला सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै नेता भट्टराईले पार्टी एकता कायम राखी देशको वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताएका हुन् ।

उनले जसपा हिमाल पहाड र तराईका प्रमुख जातीय क्लस्टरहरु मधेसी–थारु, आदिवासी जनजाति र खस–आर्य तथा महिला, दलित आदि समूहको समानुपातिक समावेशी प्रतिनिधित्व भएको समुन्नत संघीय समाजवादमा आधारित वैकल्पिक राजनीतिक दल भएको बताएका छन् ।

महन्त ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि जसपा फुटको संघारमा पुगेको छ । पार्टी एकताका लागि जसपाका तत्कालीन समाजबादी पार्टी निकट जनबर्गीय सगठनले सयुक्त रूपमा दबाव दिँदै आएका छन् । तत्कालीन राजपानिकट भातृसंगठनहरूले पनि सयुक्त रुपमा शिर्ष नेताहरुलाई दबाव दिईरहेको पूर्वराजपा युवा संगठनका अध्यक्ष मुकेश झाले जानकारी दिए ।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो । अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि आफ्नो पक्षलाई आधिकारिता दावी गर्दै आयोगमा निवेदन दिएका थिए । निर्वाचन आयोगले जसपाको विवाद समाधान गर्न आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ ।

इजलासमा थपलियासहित आयुक्तहरु ईश्वरी पौडेल, रामप्रसाद भण्डारी, डा. जानकी तुलाधर, सगुनशमशेर जबरा रहेका छन् । उक्त इजलासले विवाद सुनुवाइका लागि आगामी ३ साउनमा जसपाका दुवै पक्षलाई बोलाएको छ । ऐनअनुसार दुवै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास असफल भएपछि सुनुवाइ प्रक्रिया थालिएको आयोगले जनाएको छ । एमाले एकता हुने सम्भावना देखिएपछि नेता भट्टराईले जसपा एकता कायम राख्नुपर्ने बताएका हुन् ।