काठमाण्डु – नेकपा एमालेको कार्यदलको बैठक साँझ ७ बजेसम्मका लागि स्थगित भएको छ । अपराह्न १२ बजे सिंहदरबारमा बसेको बैठक साँझसम्मका लागि स्थगित भएको हो ।
कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले आन्तरिक तयारीका लागि बैठक स्थगित भएको जानकारी दिए । उनले आजै सहमतिको घोषणा गर्ने तयारी भएको जानकारी दिए ।
नेता गोकर्ण विष्टले सहमति नजिक पुगेको जानकारी दिए । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता विष्टले भने, ‘हामी लगभग समाधानको विन्दुमा पुगेका छौं, २–४ घण्टा समय लिन सक्छ, तर निष्कर्षमा पुग्न लामो समय लाग्दैन ।’
अहिले दुवै पक्षका नेताहरु छुट्टाछुट्टै छलफलमा जुटेका छन् । एमाले विवाद समाधानका लागि बुधबार राती अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको थियो ।
कार्यदलमा संस्थापनपक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, विष्णु रिमाल रहेका छन् भने माधव नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र गोकर्ण विष्ट रहेका छन् ।




प्रतिक्रिया