काठमाण्डु – दार्चुलाको नौगाड गाँउपालिमा पहिरोले पुरिएर तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार नौगाढ गाउँपालिका–३ खार नजिकैको चौखुट्टेमा बुधवार राति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना र पहिरोमा परेर थप एक जनाको मृत्यु भएको हो ।
पहिरोले घर पुरिँदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको प्रहरीले जनाएकाे छ । साथै यता घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको हाे । प्रहरीका अनुसार उनीहरु तीनै जनाको शव पहिरोबाट निकालिएको छ ।




प्रतिक्रिया