एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनले अगस्ट ३१ सम्ममा सबै अमेरिकी सैनिकहरु अफगानिस्तानबाट फिर्ता भइसक्ने बताएका छन् ।
यसअघि भने बाइडेनले अमेरिकी सैनिकहरू सेप्टेम्बर ११ सम्ममा फिर्ता हुने बताएका थिए । उनले बिहीबार अहिलेका लागि अफगानिस्तानबाट जतिसक्यो छिटो आफ्ना सेना फर्किनु नै राम्रो हुने उल्लेख गरेका छन् ।
आफ्नो देश कसरी चलाउने भन्ने एक्लै निर्णय गर्ने अफगान जनताको अधिकार र जिम्मेवारी रहेको राष्ट्रपति बाइडेनले बताए ।
उनले अब आफ्नो देशका सेना अफगानिस्तानमा युद्ध गर्न नपठाउने पनि बताए । सन् २००१ सेप्टेम्बर ११ मा ट्वीन टावरमा आक्रमण भएपछि अमेरिकाले सोही वर्ष अफगानिस्तानमा सेना पठाएको थियो ।




प्रतिक्रिया