एमाले कार्यदलको बैठक सुरु

एमाले कार्यदलको बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमाले विवाद मिलाउन गठित कार्यदलको बैठक सुरु भएको छ । बैठक सुरु हुनु अघि माधव नेपाल पक्षीय कार्यदलका सदस्यहरू नेता नेपालको निवास कोटेश्वरमा छलफलमा जुटेका थिए ।

स्रोतका अनुसार उक्त छलफलबाट उनीहरु फर्किएसँगै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक सुरु भएको हो ।   दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ढिलोगरी पौने ५ बजेदेखि सुरु भएको हो ।

यसअघि शुक्रबार बसेको कार्यदलको बैठकमा  पार्टीका सबै संरचनालाई २०७५ जेठ २ को अवस्थाबाट सक्रिय बनाउने भन्नेमा सहमति जुटेको थियो । यो संरचना क्रियाशील गराउन ओली पक्षले आनाकानी गरिरहेको छ ।

यस्तै, माओवादीसँगको एकतापूर्वको २ सय ४१ सदस्यीय केन्द्रीय कमिटीलाई मान्न दुवै पक्ष तयार भएका छन् । २ सय ४१ सदस्यीय केन्द्रीय कमिटी ब्युँताउने ओली पक्षको प्रस्तावमा यसअघि झलनाथ खनाल–नेपाल पक्षले असहमति राख्दै आएका थिए ।