काठमाण्डु- राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुगेका छन् ।
स्रोतका अनुसार सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रको अवलोकन गरेर फर्केपछि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेटन आज साँझ शीतलनिवास पुगेका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच पौने ६ बजेदेखि भेटवार्ता सुरु भएको स्रोतले बताएको छ ।




प्रतिक्रिया