काठमाण्डु — विपक्षी गठबन्धन निकट पाँच विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धिको विरुद्धमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् ।
नेपाल आयल निगमले असार २४ गते मूल्यबृद्धि फिर्ता गर्नका लागि दिइएको ७२ घण्टे अल्टिमेटमको बेवास्ता गर्र्दै माग सम्बोधन नगरेको भन्दै विद्यार्थी संगठनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।
आज विद्यार्थी संगठनहरुले ७ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनप्रति ऐक्यबद्धता रहेको समेत जनाएका छन् ।
उक्त घोषित आन्दोलनका कार्यक्रमहरुमा असार २८ गतेदेखि निगमका गाडीहरु चल्न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने र असार ३० गतेदेखि देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्ने रहेका छन् ।





प्रतिक्रिया