काठमाण्डु – निर्वाचन आयोगको निर्णयविरुद्ध पूर्वमाओवादी केन्द्रका नेताहरु सर्वोच्च अदालतमा जाने भएका छन् ।
आइतबार बसेको आयोगको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्र वैधानिक रहेकाले दल दर्ता खारेज गर्नुनपर्ने निर्णय गरेको थियो ।
नेकपा एमालेमा गएका नेताहरुले आयोगको उक्त निर्णयविरुद्ध सर्वोच्च जाने नेता टोपबहादुर रायमाझीले जानकारी दिए । उनले आयोगको निर्णय कानूनसम्मत नरहेको बताउँदै अदालतमा मुद्दा दर्ता गर्ने बताए ।
‘आयोगको निर्णय पूर्वाग्राही छ । उक्त निर्णयविरुद्ध हामी सर्वोच्च अदालत जान्छौं,’ उनले भने ।
माओवादी केन्द्र परित्याग गरि एमालेमा गएका टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरी लगायतका नेताहरुले दल दर्ता खारेजीको माग गर्दे निवेदन दिएका थिए ।




प्रतिक्रिया