१८३१ कोरोना संक्रमित थपिए, १५३३ जना डिस्चार्ज

१८३१ कोरोना संक्रमित थपिए, १५३३ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार २१८ नमुना परीक्षण गर्दा १ हजार ८३१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी आज देशभर १ हजार ५३३ जना कोरोना संक्रमित निको भएका छन् ।

त्यस्तैआज काठमाण्डु उपत्यकामा ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाण्डु २६३, भक्तपुर ३१ र ललितपुरमा ९७ जना कोरोना संक्रमित फेला परेका हुन् ।