काठमाण्डु – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । उनले मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको बताए । संसद विघटनको मुद्धामा सर्वोच्च अदालतले सोमबार फैसला दिँदैछ ।
यसअघि प्रधानमन्त्री ओलीले केन्द्रीय समिति बैठकमा सर्वोच्च अदालतबाट आदेश आएको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने बताएका थिए । संसद विघटनविरुद्धको मुद्धामा सर्वोच्चले फैसला गरेको भोलिपल्ट बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ ।




प्रतिक्रिया