देउवा नेतृत्वको सरकारमा जसपा तत्काल नजाने

देउवा नेतृत्वको सरकारमा जसपा तत्काल नजाने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ । आज बन्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपा तत्काल सहभागी नहुने भएको हो ।

जसपाको सोमबार पार्टी कार्यालय बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणीको बैठकले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए ।

जसपाले देउवाको नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने र मन्त्रालय टुंगिएपछि सरकारमा सहभागी हुने निर्णय गरेको उनले जानकारी दिए ।