काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्ति प्रक्रिया नसच्याएसम्म शपथ नलिने भएका छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै संविधानको धारा नलेखी अदालतको फैसला बमोजम भन्दै विज्ञप्ति जारी गरेकी थिइन् ।
सो विज्ञप्तिमा आपत्ति जनाउँदै देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने बताएका छन् ।
राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८–३–२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको उल्लेख छ ।
देउवाले आफू संसदीय दलको नेताको रुपमा प्रम नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका हुन् । यद्यपी, नियुक्ति प्रक्रिया नसच्चिएसम्म सपथ नलिने बताएपनि देउवा शीतलनिवास पुगेका छन् । उनी ढिला गरेर राष्ट्रपति कार्यालय पुगेका हुन् ।




प्रतिक्रिया