काठमाण्डु – नेपाली कांग्रेसका युवा नेता गगन थापाले निवर्तमा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्ने विश्वास लिएको बताएका छन् । नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई दिँदै नेता थापाले अहिलेको सरकारलाई चुक्ने सुविधा नभएको भन्दै ओली सरकारबाट निराश जनतालाई आशा र भरोसा दिलाउनुपर्ने बताएका हुन् ।
उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘एकातर्फ संविधान कार्यान्वaयन गर्ने जिम्मेवारी छ,अर्को तर्फ ओली सरकारको अकर्मण्यताले महामारी लगायतका समस्यामा भोग्नु परेको सास्तीबाट निराश जनतालाई आशा र भरोसा दिलाउनु छ । हामीलाई चुक्ने सुविधा छैन, यो चुनौतीलाई अवसरमा बदलेर जिम्मेवारी पूरा गर्नुहुनेछ । नव नियुक्त प्रम आदरणीय शेर बहादुर देउवालाई हार्दिक शुभकामना !’




प्रतिक्रिया