काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्न कोटेश्वर पुगेका छन् । बुधबार बिहान करिब ९ बजे उपाध्यक्ष गौतम नेता नेपालसँग भेट गर्न उनकै निवास कोटेश्वर पुगेका हुन् ।
उनीहरुबीच पार्टी एकतालगायतका विषयमा छलफल भइरहेको एक केन्द्रीय कमिटी सदस्यले जानकारी दिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार स्थगित भएको बैठक आजका लागि बोलाइएको छ । स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा दुवै नेताबीच भेटवार्ता भएको हो ।




प्रतिक्रिया