काठमाण्डु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारी निवास बालुवाटार छोडेर निजी निवास बालकोट जाने भएका छन् ।पूर्वप्रधानमन्त्री ओली आज बिहान ११ बजे पछि बालुवाटारबाट बालकोट सर्ने भएका हुन् ।
उनलाई युवा संघ नेपालका युवाहरुले २ हजार गाडी र ३ हजार मोटरसाइकलसहित बालकोट निवासका लागि स्कर्टीङ गर्ने तयारी रहेको नेता महेश बस्नेतले जानकारी दिए ।
हिजो तयारी नपुगेका कारण आज ओलीले सरकारी क्वार्टर छाड्न लागेका हुन् । सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा विघटन बदर गरेसँगै नेपाली कांग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि ओली पदमुक्त भएका हुन् ।




प्रतिक्रिया