काठमाण्डु – पूर्व प्रधानमन्त्री एवम् एमालेका नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिने भएको छ ।
भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री खनालको मिर्गौला प्रत्यारोपण गरिने भएको हो । अहिले अपोलो अस्पतालमा नेता खनालको मिर्गौलाको डायलासिस सुरु गरिएको छ । एक वर्षअघिदेखि उनको मिर्गौलामा समस्या देखिएको थियो ।
मिर्गौला प्रत्यारोपणको तयारी गरिएको तर, कहिले र कहाँ प्रत्यारोपण गर्ने भन्ने टुंगो नलागेको नेता खनालको पारिवारिक स्रातले जानकारी दिएको छ । उनलाई तिन साताअघि उपचारका लागि दिल्ली लगिएको थियो ।




प्रतिक्रिया