काठमाण्डु – माधव नेपाल पक्षका केहि सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । संसद जोगाउन चाहिने वहुमत देउवाको पक्षमा पुगेकाले माधव पक्षका केही सांसदले विश्वासको मत नदिने भएका हुन् ।
भाेट नदिनेमा यज्ञराज सुनुवार, झपट रावल, राजबहादुर बुढा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, योगेश भट्टराई, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, दीपक प्रकाश भट्ट लगायत रहेका छन् ।
कतै मत नदिने भनेका कार्यदलका नेतासहित केही माधव पक्षीय सांसदहरु संसद भवनबाट बाहिरिएको सांसद झपट रावलले जानकारी दिए । उनले जसपाको महन्त ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि आफुहरु संसद बैठकबाट बाहिरिएको जानकारी दिए ।




प्रतिक्रिया