कोरोनाविरुद्धको खोप : भेरोसेल र जोन्सन एन्ड जोन्सनमा के फरक छ ?

कोरोनाविरुद्धको खोप : भेरोसेल र जोन्सन एन्ड जोन्सनमा के फरक छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा अहिले खोप अभियान जारी रहेको छ । अहिले नेपालमा ३ प्रकारका खोप प्रयोगमा छन् । चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको भेरोसेल र जोन्सन एन्ड जोन्सनको कोरोनाविरुद्धको खोप नेपालमा लगाइँदैछ ।

भेरोसेल खोप दुई मात्रा लगाएपछि मात्रै प्रभावकारी हुने देखिएको छ भने जोनसन एन्ड जोन्सनको खोप एकमात्रा लगाए पुग्ने अध्ययनहरुले देखाएका छन् । यी दुई खोपका फरक बारे जनस्वाथ्य विद् डा. रवीन्द्र पाण्डे लेख्छन्ः

१)जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक राखेर बनाइएको भेक्टर भ्याक्सिन हो भने भेरोसेल निष्क्रिय कोरोना भाइरस राखेर बनाइएको होल भाइरस भ्याक्सिन हो ।

२) जोन्सन खोप १ पटक दिए पुग्छ भने भेरोसेल ३ देखि ४ हप्तामा २ पटक दोस्रो मात्रा दिनुपर्छ ।

३) जोन्सन खोप लगाएको २ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबडी तयार हुन्छ भने भेरोसेल खोपको दोस्रो मात्रा लगाएको २ हप्तापछि एन्टिबडी तयार हुन्छ ।

४)जोन्सन खोपले दुर्लभ रुपमा रगत जम्ने वा स्नायु प्रणालीसम्बन्धि समस्या देखिएको छ भने भेरोसेल खोपका साइड इफेक्ट पारदर्शी रुपमा बताइएको छैन ।

५) जोन्सन खोप सामान्य लक्षण रोक्न ७२ %, सिकिस्त नबनाउन ९६ % र कोभिडबाट मृत्यु रोक्न १०० % प्रभावकारी छ भने भेरोसेल खोप संक्रमण रोक्न ५०–७९ % तथा सिकिस्त कोभिडबाट गम्भीर नबनाउन तथा मृत्यु रोक्न ९० % प्रभावकारी भनिएको छ ।

६) जोन्सन खोपलाई अमेरिका, युरोप, अष्ट्रेलियालगायतका देशमा मान्यता छ भने चीनको खोपलाई चीन, अरेबियन ÷ अफ्रिकन देशमा मान्यता दिइएको छ । खोपको व्यापारिक तथा राजनैतिक प्रतिष्पर्धाको कारण अहिले मान्यता जे भएपनि केहि समयपछि सबै खोपको मान्यता सबैतिर हुनेछ ।

७) दुवै खोपले कोरोना संक्रमण सरेपनि गम्भीर हुने वा मृत्यु हुने सम्भावनालाई नगण्य बनाउँछन् ।

८) ज्वरो आउने, शरीर दुख्ने, झुम्म हुने लगायतका साइड इफेक्ट दुवै खोपमा हुन्छ ्र जुन ३–४ दिनमा ठिक हुन्छ ।

९) रगतमा प्लेटलेटको समस्या, रगत जम्ने समस्या तथा स्नायु प्रणालीका बिरामीले जोनसन भन्दा भेरोसेल लिनु बढी सुरक्षित हुन्छ ।

१०) दुवै खोपले कति समयसम्म काम गर्छन भन्ने निश्चित छैन ्र समय बित्दै जाँदा मात्र खोपले काम गर्ने अबधि थाहा हुन्छ ।

डा.पाण्डेले दुवै खोप प्रभावकारी पाइएकाले जुन उपलब्ध हुन्छ त्यही खोप लगाउन अपिल समेत गरेका छन् । कोरोनाको तेस्रो लहरबाट जोगाउन जोनसन एन्ड जोन्सन र भेरोसेल खोप दुवै प्रभावकारी रहेको बताए । दुवै खोप हजारौँ मानिसमा परिक्षण गरेर उत्पादन गरीएकाले ढुक्कसंग लगाउन उनले भनेका छन् ।