एसएसपी राणा डीआईजीमा बढुवाका लागि सिफारिस

एसएसपी राणा डीआईजीमा बढुवाका लागि सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सौरभ राणा प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

जनपद प्रहरी समूहतर्फबाट प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार राणालाई बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव निरजबहादुर शाहीले जानकारी दिए ।

राणा हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत छन् । उनी प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् ।