सशस्त्रका डीआईजीलाई सेवामै राख्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

सशस्त्रका डीआईजीलाई सेवामै राख्न सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले सशस्त्र प्रहरी बल नेपालका नायव महानिरीक्षक (डीआईजी) प्रविण श्रेष्ठलाई सेवामै राख्ने अन्तरिम आदेश जारी गरेको छ। एक महिना अघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले श्रेष्ठको पदावधी थप नगरेपछि उनि अनिवार्य अवकाशमा गएका थिए ।

शुक्रबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिंन्हाको इजलाशले श्रेष्ठलाई सेवामै राख्न भनेर अन्तरिम आदेश जारी गरेको हो। श्रेष्ठको एक वर्ष पदावधी थपको लागी गृहमन्त्रालय हुंदै प्रस्ताव मन्त्रिपरिषदमा गएपनि अन्तिममा रोकिएको थियो ।