काठमाण्डु – नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्रीमा नियुक्त गरेका हुन् ।
निजी विद्यालय संचालक समेत रहेका सांसद श्रेष्ठलाई मन्त्रालयको कार्यभार सम्हाल्ने गरी स्वास्थ्य राज्य मन्त्री तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । उनी लिटिल एन्जल्स विद्यालयका सञ्चालक हुन् ।
सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका बेला प्रधानमन्त्री देउवाले पार्टीका सांसद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा तानेका हुन् । योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ ।





प्रतिक्रिया